कोरोनासंग नराम्ररी हारेको अमेरिका, आधा लाख भन्दा बढीको मृत्यु (अपडेट)



१३ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८५१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२ हजार ८५ बढी  पुगेको छ ।

एकैदिन ३७ हजार ३२ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ९ लाख २३ हजार ४ सय ७४ बढी पुगेको छ । संक्रमितमध्ये १४ हजार ९ सय ५४ जनाको अवस्था गम्भीर रहेको छ भने ९३ हजार ३ सय ७९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्