कोरोनाको मृत्यु ताण्डव, विश्वभर मृत्यु २ लाख नजिक पुग्यो, कुन देशमा कती ? (अपडेट)



१३ बैशाख २०७७, काठमाडौं

विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख ९५ हजार ९ सय २० पुगेको छ । त्यस्तै संक्रमितको संख्या २७ लाख ९० हजार ९ सय ८६ पुगेको छ । संक्रमितमध्ये ७ लाख ८१ हजार ३ सय ८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८५१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२ हजार ८५ बढी  पुगेको छ ।एकैदिन ३७ हजार ३२ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ९ लाख २३ हजार ४ सय ७४ बढी पुगेको छ । संक्रमितमध्ये १४ हजार ९ सय ५४ जनाको अवस्था गम्भीर रहेको छ भने ९३ हजार ३ सय ७९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा ३ सय ६७ जनाको मृत्यु भएको छ भने ६ हजार ७ सय ४० जना नयाँ संक्रमित थपिएका छन् ।योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ५२४ पुगेको छ । २ लाख १९ हजार ७ सय ६४ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा इटालीमा  ४ सय २० जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २५ हजार ९ सय ६९ पुगेको छ । एकैदिन ३ हजार २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या १ लाख ९२ हजार ९ सय ९४ पुगेको छ भने ६० हजार ४ सय ९८ जना निको भएका छन् ।

त्यस्तै फ्रान्समा २२ हजार २ सय ४५ जनाको मृत्य भएको छ र १ लाख ५९ हजार ४ सय ९५ जनामा संक्रमण देखिएको छ । फ्रान्समा निको हुनेको संख्या ४४ हजार १ सय ९७ रहेको छ ।

बेलायतमा एक लाख ४४ हजार ६ सय ३५ संक्रमित छन् भने १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।

जर्मनीमा ५ हजार ७ सय २३ जनाको मृत्यु भएको छ । १ लाख ५४ हजार जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्