ट्रम्पको अव्यावहारिक सल्लाहले उनैलाई घुडा टेकायो भने, ‘मैले त मजाक गरेको थिएँ’



१३ बैशाख २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचार बारे आफुले बोलेको कुरा परिवर्तन गर्दै त्यो त एक मजाक मात्र भएको बताएका छन् ।

ट्रम्पले कोरोनाभाइरसको उपचारका लागि अल्ट्राभोइलेट किरण वा डिस्इन्फेक्टेन्ट्सलाई शरीरमा सूईमार्फत् प्रवेश गराउने विषयमा अनुसन्धान हुनुपर्ने बताएका थिए । डाक्टरहरुले यसले विनाशकारी नतिजा निम्त्याउन सक्ने बताउँदै यसको व्यापक आलोचना गरिरहेका छन् ।

चौतफी आलोचना बढेपछि ट्रम्पले अब आफ्नो उक्त बयानको विषयमा भनेका छन्, ‘मैले त मजाक गरेको थिएँ ।’

प्रतिक्रिया दिनुहोस्