१३ वैशाख २०७७, काठमाडौं
महिना दिनदेखि जारी बन्दाबन्दी (लकडाउन्)को अबको मोडालिटीबारे निर्णय गर्न ‘कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समिति’को बैठक अहिले जारी छ ।
बैठक शनिबार (आज) बिहान ११ बजे सिंहदरबारमा शुरु भएको हो । शुक्रबार (हिजो)को मन्त्रिपरिषद् बैठकमा ‘लकडाउन्’लाई कसरी लैजाने भन्नेबारे छलफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लकडाउन्’को नयाँ मोडालिटीबारे छलफल गरी प्रस्ताव ल्याउन उच्चस्तरीय समितिलाई निर्देशन दिएका थिए ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर संघीय सरकारले गत वर्षको ११ चैत्रदेखि मुलुक नै बन्दाबन्दी (लकडाउन्) गरेको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ४९ जना कोरोना संक्रमित थिए । जसमा ११ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् ।
|तस्वीरमा उच्चस्तरीय बैठक। श्रोत|