सम्झनामा पहिलो कम्युनिष्ट प्रधानमन्त्री अधिकारी !



१३ वैशाख २०७७, काठमाडौं

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विसं १९७८ सालमा काठमाडौंमा जन्मेका अधिकारीको विसं २०५६ साल वैशाख १३ गते निधन भएको थियो । पढाइको शिलशिलामा भारतको बनारसमा हुँदादेखि नै उनी राजनीतिमा सक्रिय भएका थिए ।

‘भारत छोड’ आन्दोलनको क्रममा उनले कारागार जीवन समेत बिताउनु परेको थियो । कारागारमा भारतीय कम्युनिष्ट नेताहरुसँगको सम्पर्कमा उनी कम्युनिष्ट पार्टीमा संगठित भएका थिए ।

विसं २००३ सालमा विराटनगरमा भएको मजदूर हड्तालको नेतृत्व उनलेल सम्हालेका थिए । लामो राजनीतिक संघर्षको क्रममा उजले १७ वर्ष जेल जीवन बिताएका थिए ।

अधिकारी विसं २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका थिए । उनी नेतृत्वको ९ महिने सरकारले लोकप्रिय काम गरेको भनेर अहिले पनि त्यसको चर्चा हुने गर्छ ।

|तस्वीरमा स्व अधिकारी। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्