१३ बैशाख २०७७, काठमाडौँ
बलिउडमा केही यस्ता पनि नायिकाहरु छन्, जो अभिनयका अलवा अन्य विजनेश पनि सम्हाल्ने गर्छन् । एक हिसाबले त्यो राम्रो पनि हो । किनकी अभिनयका कारण मात्रै जीवन बिताउन सायद कसैलाई गाह्रो हुन सक्छ । आज हामी यहाँ तिनै नायिकाहरुबारे चर्चा गर्नेछौँ ।
शिल्पा सेट्टी :
बलिउडकी सर्वाधिक चर्चित नायिका शिल्पा सेट्टी आजभोली चलचित्रमा त्यति देखिदिनन् । तर उनी विभिन्न रियालिटी शो मा जजको रुपमा भने देखिरहेकी छिन् । यसरी हेर्दा उनी फिल्म क्षेत्रबाट टाढा छैनन् । तर उनी फिल्मसँगै बिजनेस पनि गर्छिन् । शिल्पा शेट्टीको फिल्म प्रोडक्सन हाउस पनि छ । उनी स्पा र सैलुन चेनकी ओनर पनि हुन् । आईपीएल टीम राजस्थान रोयल्स कि ओनरको अलवा शिल्पा योगा र फिटनेश वेन्चरकी मालिक पनि हुन् ।
ट्वीकल खन्ना :
अभिनेता अक्षयकुमारसँग बिवाहपछि अभिनयबाट टाढा भएकी अभिनेत्री ट्वीकल खन्ना समेत धेरै बिजनेश गर्दै आएकी छन् । उनको इन्टिरियल डिजाइनिङ फर्म ह्वाइट विन्डो, फिल्म प्रोडक्सन कम्पनी ग्रेजिन्ग गोट पिक्चर्स र क्यान्डल एक्पोर्ट गर्ने कम्पनि पनि छन् । उनी राम्रो लेखक पनि हुन् ।
सुष्मिता सेन :
सुष्मिता सेन आजभोली चलचित्रमा त्यति देखिदिनन् । किनकी उनी हिजोआज चलचित्रमा भन्दापनि बिजनेसमा धेरै व्यस्त छिन् । सुष्मिताको तंन्त्रा इन्टरटेनमेन्ट प्रोडक्शन हाउस, ज्वेलरी ब्राण्ड, केही होटल र स्पा सेन्टर समेत रहेको छ ।
प्रिती जिन्टा :
प्रिती जिन्टाले पनि आजभोली आफ्नो समय चलचित्रमा भन्दापनि अन्य काममा बढी दिन थालेकी छिन् । उनलाई आजभोली चलचित्रमा कमै देखिन्छ । तर विभिन्न अवार्ड समारोहमा भने उनी उपस्थित भैरहेकी हुन्छिन् । प्रिती जिन्टा पनि आइपीएल क्रिकेट टीप किंग्स इलेविन पञ्जावकी मालिक हुन् । यसको अलवा उनको केही बिजनेश पनि छ । उनले विदेशका केही बिजेशन कम्पनीमा पनि लगानी गरेकी छन् ।
मलाइका आरोडा :
अभिनय र फिटनेशको माध्यमबाट धेरैलाई मोहित पार्ने अभिनेत्री मलाइका अनलाइन फेशन एसेसरिन प्रोवाइड गर्ने कम्पनीको ओनर पनि हुन् । यसको अलवा उनको फेसन बिजनेशमा पनि राम्रो नाम रहेको छ ।