१३ वैशाख २०७७, काठमाडौं
उच्चस्तरीय समन्वय समितिले कोभिड १९ (कोरोना भाइरस) नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको छ ।
‘लकडाउन्’कै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ । यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने समितिले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि ‘लकडाउन्’ के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन निर्देशन दिएपछि उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो ।
शनिबार सिंहदरबारमा बसेको बैठकले ‘लकडाउन्’लाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।
|तस्वीरमा उच्चस्तरीय वैठक। फाइल तस्वीर|