१३ वैशाख २०७७, काठमाडौं
सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध आगामी २ जेष्ठसम्म कायम गर्न सिफारिस गरेको छ ।
शनिबार (आज) सिहंहदरवारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले १८ वैशाखसम्म लगाइएको प्रतिबन्ध २ जेष्ठसम्म कायम राख्न सिफारिस गरेको हो ।
उच्चस्तरीय समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीलेआन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्ने निर्णय समितिले गरेको बताए ।
|तस्वीर उच्चस्तरीय बैठक। फाइल तस्वीर|