बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या २४ पुग्यो



१३ वैशाख २०७७, काठमाडौं

बेलायतमा कोभिड १९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या २४ पुगेको छ ।

लण्डनस्थित नेपाली दूतावासले शनिबार (आज)सम्ममा २४ जना नेपालीहरुको ज्यान गएको पुष्टि गरेको हो । तर दूतावासको सूचीमा नरहेका केही नेपालीको पनि कारोनाबाटै निधन भएको सम्बन्धित परिवारले बताएका छन् ।

बेलायतमा कोरोनाबाट निधन हुने अधिकांश भूतपूर्व गोर्खा छन् । दूतावासको लिस्ट्मा समावेश भएका दुई दर्जनमध्ये आधाभन्दा बढी भूतपूर्व गोर्खा सैनिक छन् ।

त्यस्तै, गोर्खा वेल्फेयर ट्रस्ट्ले पनि अहिलेसम्म १८ जना भूतपूर्व गोर्खा सैनिकको कोरोना संक्रमणबाट निधन भएको पुष्टी गरिसकेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्