के उत्तर कोरियाली शासक किम जोङको अवस्था चिन्ताजनक नै हो त ?



१४ बैशाख २०७७, काठमाडौं

उत्तर कोरियाली शासक किम जोङ उन गम्भीर बिरामी भएको खबर आइरहेका छन् । उनको स्वास्थ्य परामर्शका लागि चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ सदस्यको नेतृत्वमा चिकित्सकहरुको टोली बिहीबार उत्तर कोरिया गएको खबर रोयटर्सले दावी गर्दै सामाचार प्रकाशित गरेको छ ।

उक्त समाचारमा यसबारे चिनियाँ विदेशमन्त्रीले बोल्न इन्कार गरेका छन्। पछिल्लो समय नेता किमको स्वास्थ्य स्थिति गम्भीर भएको समाचार आइरहेका छन् ।

एक उत्तर कोरियाली अनलाईनकाअनुसार उनी बिस्तारै निको हुन थालेका छन् । तर कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने उनको अवस्था चिन्ताजनक रहेको समाचार सार्वजनिक गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने  किम जोङ गम्भीर बिरामी नभएको बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्