कोरोना मृत्युले काहालीलाग्दो बनेको अमेरिकाको पछिल्लो २४ घण्टाको अपडेट



१४ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५४ हजार २४८ बढी  पुगेको छ ।

एकैदिन ३५ हजार २ सय ९३ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ९ लाख ६० हजार ५ सय २५ बढी पुगेको छ । संक्रमितमध्ये १५ हजार १ सय १० जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख १८ हजार १ सय ६२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्