बेलायतमा मात्रै कोरोनाबाट ३३ नेपालीको मृत्यु, संक्रमित कती ?



१४ बैशाख २०७७, काठमाडौं

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैर आवाआसीय नेपालीहरुको संख्या ३३ पुगेको छ भने ४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

यसैगरी, २२ जना संक्रमित उपचारपछि निको भएका लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । मृत्यु हुनेहरुमा करिब दुई दर्जनजति भूपू गोर्खाहरु रहेका छन् ।

कोरोनाको संक्रमणबाट मृत्यु हुनेमा तीनजना महिलाहरु रहेका छन् । नेपालीहरुले आफ्नो वास्तविक अवस्थाबारे जानकारी दिन नचाहने भएकोले कोरना संक्रमितको संख्या अझ बढी हुनसक्ने अनुमान छ ।

बेलायतमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० हजार ३ सय १९ पुगेको छ भने १ लाख ४८ हजार ३ सय ७७ संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्