१६ दिनमै १ लाख बढिको मृत्यु



१४ बैशाख २०७७, काठमाडौं

चीनको वुहानमा ११ जनवरीमा पहिलो पटक मानिसको मृत्यु भएपछि कोरोना भाइरसका कारण ९० दिनभित्र विश्वभर १ लाख मानिसको मृत्यु भएको थियो । अर्को १ लाख जनाको मृत्यु हुन जम्मा १६ दिन लाग्यो ।

सबैभन्दा धेरै मृत्यु अमेरिकामा भयो जहाँ ५४ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ । युरोपमा फैलिएको महामारीको केन्द्र इटली बन्यो जहाँ हालसम्म २६ हजार ३ सय ८४ को मृत्यु भइसकेको छ । त्यस्तै, स्पेन, फ्रान्स र बेलायत (प्रत्येक) मा २० हजार बढीको मृत्यु भइसकेको छ।

कोरोना भाइरसका कारण अहिलेसम्म एसियामा करिब ७ हजार, ल्याटिन अमेरिकामा पनि ७ हजार, मध्यपूर्वमा ८ हजार ८ सय र अफ्रिकामा १ हजार ३ सय ५० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्