कोरोनाको मृत्यु ताण्डवमा काहालीलाग्दो बनेको विश्व, कुन देशमा कती मृत्यु (अपडेट)



१४ बैशाख २०७७, काठमाडौं

विश्वभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ६ हजार ६४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २ लाख ३ हजार २ सय ६९ पुगेको छ । त्यस्तै त्यस्तै विश्वभर एकैदिन ९० हजार १०८ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ लाख २० हजार नाघेको छ ।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५४ हजार २४८ बढी  पुगेको छ । एकैदिन ३५ हजार २ सय ९३ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ९ लाख ६० हजार ५ सय २५ बढी पुगेको छ । संक्रमितमध्ये १५ हजार १ सय १० जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख १८ हजार १ सय ६२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा ३ सय ७८ जनाको मृत्यु भएको छ भने ३ हजार ९ सय ९५ जना नयाँ संक्रमित थपिएका छन् ।योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ९ सय २  पुगेको छ । २ लाख २३ हजार ७ सय ५९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ हजार ७ सय ८ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा इटालीमा  ४ सय १५ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ३ सय ८४ पुगेको छ । एकैदिन ३२ हजार ३ सय ५७ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या १ लाख ९५ हजार ३ सय ५१ पुगेको छ भने ६३ हजार १ सय २० जना निको भएका छन् ।

त्यस्तै फ्रान्समा पछिल्लो २४ घण्टामा ३ सय ६९ जनाको मृत्य भएको छ । योसँगै फ्रान्समा मृतकको संख्या २२ हजार ६ सय १४ पुगेको छ । एकैदिन १ हजार ६ सय ६० जना संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६१ हजार ४८८ पुगेको छ ।

बेलायतमा एकैदिन थप ८ सय १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि मृतकको संख्या २० हजार ३ सय १९ नाघेको छ ।

कोरोना भाइरसका कारण हालसम्म युरोपियन मुलुकहरुमा १ लाख २० हजार ११४ जना, उत्तर अमेरिकी मुलुकहरुमा ५८ हजार ५९१ जनाको मृत्यु भएको छ । यस्तै एसियाली मुलुकहरुमा १६ हजार ९३८, अफ्रिकी मुलुकहरुमा ७ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्