१४ बैशाख २०७७, काठमाडौँ
चलचित्र कबिर सिंह मा प्रितीको भूमिका निभाएर चर्चामा आएकी नायिका कियारा अडवाणी अहिले लकडाउनका कारण परिवारसँग समय बिताइरहेकी छिन् ।
यसैबिच उनले सामाजिक सञ्जालमा आफ्नो बाल्यकालको भिडियोहरु सेयर गरिरहेकी छिन् । केहीसमय अघि उनले आफ्नो बाल्यकालको एक भिडियो सेयर गरेकी थिइन् । कियाराका फ्यानले उक्त भिडियोलाई निकै रुचाएका थिए ।
अहिले फेरि कियाराले आफू ४ बर्षको हुदाँको एक भिडियो सेयर गरेकीे छिन् । यस भिडियोमा उनि साइकलमा छिन् र आमासंग भन्छिन् – “मम्मी म कुर्दा कुर्दा थाकिसकेको छु र अब लाग्छ म जानुपर्छ” । भिडियो शेयर गर्दै कियाराले लेखेकी छिन् – “यतिबेला पनि मेरो मानसिकता त्यस्तैनै छ ‘ तर कोहि पनि बाहिर नजानु” ।