बलिउड नायिका उर्वशीको फेसबुक ह्याक, ह्याकरले गरे पैसाको डिमाण्ड



१४ बैशाख २०७७, काठमाडौँ

बलिउड नायिका उर्वशी रौतेलाको फेसबुक पेज ह्याक भएको छ । केहीदिन अघि उनको फेसबुक पेज ह्याक भएको थियो ।

फेसबुक पेज ह्याक भएदेखि उनको फेसबुक पेजबाट अश्लील भिडियो र तस्बिरहरु पोष्ट भैरहेका छन् । यो कुराको जानकारी उर्वशीले ट्वीटरमार्फत दिएकी छिन् ।

साथै उनले आफ्नो फेसबुक पेजबाट सार्वजनिक भएका कुनैपनि पोष्टमा विश्वास नगर्न आफ्ना फ्यानलाई आग्रह समेत गरेकी छिन् । फेसबुक ह्याक भएपछि उर्वशीले मुम्बईमा पुलिसलाई पनि यसबारे जानकारी दिएकी थिइन् । यतिबेला मुम्बई पुलिसले उर्वशीको फेसबुक ह्याकरबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्