सुहानाले लेखिन्, ‘म तिमीलाई हरेक दिन प्रेम गर्न चाहन्छु’



१४ बैशाख २०७७, काठमाडौँ

चलचित्र ए मेरो हजुर ३ बाट डेब्यु गरेकी नायिका सुहाना थापाले पहिलो चलचित्रबाट नै निकै चर्चा पाइन् । लकडाउन अघि उनी ए मेरो हजुर ४ मा व्यस्त थिइन् । तर लकडाउन कारण चलचित्रको काम रोकिएको छ  ।

अहिले सुहाना परिवारसँग समय बिताइरहेकी छिन् । उनी सामाजिक सञ्जालमा सक्रिय रहने भएकाले बेला बेलामा सामाजिक सञ्जालमा तस्बिर, भिडियो सार्वजनिक गरिरहेकी हुन्छिन् ।

यसैबिच सुहानाले भर्खरै एक तस्बिर सेयर गरेकी छिन् । जहाँ उनले म तिमीलाई सधैँभरि माया गर्न चाहन्छु लेखेकी छिन् । अहिले सुहानाको यो स्टाटसले निकै चर्चा पाइरहेको छ । उनले कसलाई सधै माया गर्न चाहेकी हुन् त्यो भने उनैलाई थाहा होला । तर उनको पोष्टले फ्यानको ध्यान भने केन्द्रित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्