०२ बैशाख २०७७, काठमाडौं
सारा विश्व यतिबेला दोस्रो विश्वयुद्धपछिकै सबैबन्दा ठूलो र भयावह स्थितिमा गुज्रिरहेको छ। कोरोना भाइरस (COVID19) को कारण हाल ४७ हजारभन्दा बढी व्यक्तीहरूको ज्यान गइसकेको छ भने साँढे नौ लाख मानिसहरूमा यसको सङ्क्रमण देखिसकेको छ। शक्तिशाली मानिएका अमेरिका र युरोपका मुलुकहरू अहिले सबैभन्दा पिडित बनेका छन्।
विश्वका २०६ भन्दा बढी देशहरूमा फैलिसकेको यस भाइरसको असर नेपालमा पनी परिसकेको छ। हालसम्म ५ जनामा सङ्क्रमण पोजेटिभ देखिसकेको छ भने सयौँ जना व्यक्तीहरू क्वारेनटाइममा छन्। कोरोना भाइरसको जोखिमलाई कम गराउन भनेर हाल सरकारले देश पूरै लकडाउन गरिरहेको छ जसको कारण देशको सिङ्गो जनजीवन अस्तव्यस्त बनेको छ। यस जोखिमको कारण आज सबैभन्दा दयनीय स्थिति र जोखिम अपाङ्गता भएका व्यक्तीहरूले भोगिरहेका छन्।
अपाङ्गता भएका व्यक्तीहरू एकातिर आफ्नो अपाङ्गताकै कारण सामान्य अवस्थामा पनी निकै जोखिमपूर्ण अवस्थामा जीवनयापन गरिरहेका हुन्थे। अपाङ्गता भएका व्यक्तीहरू जो सरकारी सेवामा छन् या जो विभिन्न गैरसरकारी क्षेत्रहरूमा काम गरिरहेका छन् उनीहरूको जीवनयापन सहज भए तापनि बाँकी अपाङ्गता भएका व्यक्तीहरूको दैनिकी जोखिमपूर्ण नै थियो। उनीहरूमध्ये कतिपय परिवारमा आश्रीत भएर, कोही विभिन्न स्वरोजगारमुलक काम गरेर, कोही सडक व्यापार त कोही सडकमा गीत गाएर, कोही पुनस्थापना गृहमा आश्रय लिएर साथै कोही मागेर आफ्नो जिविका गरिरहेका हुन्थे। कोरोना भाइरसका कारण निम्तिएको सङ्कट र सरकारले गरेको लकडाउनका कारण आज ती अपाङ्गता भएका व्यक्तीहरूको जीवन निकै दयनीय र कष्टकर बन्न पुगेको छ।
पर्याप्त ज्ञान र सुचनाको अभावमा आज धेरै अपाङ्गता भएका व्यक्तीहरू आफूलाई जोखिमबाट कसरी सुरक्षित राख्ने भन्ने विषयमा अनभिज्ञ छन्। नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठन र अन्य सम्बन्धित निकायहरूले सहि र आधिकारिक सुचनाहरूमा मात्र विश्वास गर्न भनेको छ तर कोरोना भाइरसको बारेमा जनचेतना जगाउन बनाइएका धेरै सामाग्रीहरू अपाङ्गतामैत्री भएको खासै देखिएको छैन। सामाजिक सञ्जालहरूमा यससम्बन्धमा धेरै भिडियो सामाग्रीहरू बनाई प्रचार गरिएको छ तर त्यसमा साङ्गेतिक भाषा र क्याप्सनिङ नराखिएको कारण बहिरा र सुस्तश्रवण भएका व्यक्तीहरू उक्त सुचनाबाट वञ्चित छन्। कतिपय त्यस्ता सामाग्रीहरू इमेज र पृती फन्डमा लेखिएको फाइलमा रहेको कारण दृष्टीसम्बन्धी अपाङ्गता भएका व्यक्तीहरू त्यस्ता सुचना र जानकारीहरूबाट वञ्चित छन्। त्यस्तै बौद्धिक अपाङ्गता, अटिजम भएका व्यक्तीहरू, श्रवणदृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तीहरू र पूर्ण तथा बहुअपाङ्गता भएका व्यक्तीहरू त झन् सामान्य सुचना र जानकारीबाट नै वञ्चित भइरहेका छन्। आवश्यक सुचना र जानकारीको अभावमा एकातिर उनीहरू आफूलाई जोखिमबाट सुरक्षित राख्न अपनाउनुपर्ने सुरक्षित व्यवहारहरू गर्न सकिरहेका छैनन् भने अर्कोतिर जोखिमको आशङ्का भएमा के गर्ने, कहाँ सम्पर्क गर्ने र कसरी सामाजिक दूरी कायम गर्ने भन्ने विषयमा अनभिज्ञ छन्।
अपाङ्गताको प्रकृतीअनुसार कतिपय अपाङ्गता भएका व्यक्तीहरू नियमित रूपमा औषधी सेवन गर्नुपर्ने तथा नियमित फलो अपको लागि अस्पताल गइरहनुपर्ने हुन्छ तर यस विषम परिस्थितिको कारण त्यस्ता व्यक्तीहरू नियमित फलो अप र औषधी उपचार गराउन पाइरहेका छैनन्। जारी लकडाउनकै कारण अपाङ्गता भएका व्यक्तीहरू आफूलाई अति आवश्यक पर्ने आवश्यक सहायक तथा स्वास्थ्य सामाग्रीहरू प्राप्त गर्नबाट वञ्चित छन्।
अर्कोतर्फ सरकारले बढ्दो जोखिमलाई मध्यनजर गर्दै सयौँको सङ्ख्यामा आइसोलेसन वार्ड र हजारौँको सङ्ख्यामा क्वारेनटाइमहरू तयार गरिसकेको छ तर कुनै पनी संरचनाहरू अपाङ्गतामैत्रि हुनको निम्ती आवश्यक आधारभूत मापदन्ड पूरा भएको देखिदैन। यदी कुनै कारणवश कुनै अपाङ्गता भएको व्यक्तीमा सङ्क्रमण पोजिटिभ देखिएमा या उनीहरूमा जोखिमको आशङ्का भएमा उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा सरकारि निकायबाट कुनै किसिमको रणनीतिक योजना रहेको पाइन्न।
बढ्दो जोखिमको कारण सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै हालै सरकारले विशेष राहात प्याकेजको घोषणा गरेको छ। उक्त राहात प्याकेजमा अपाङ्गता भएका व्यक्तीहरूले पनी आफ्नो वडामा सम्पर्क गरी राहात बुझ्न सक्ने कुरा उल्लेख छ तर देश लकडाउनमा रहेको, व्यक्तिगत् सहयोगीनपाइने, धोभाषेको व्यवस्था नभएको कारण सम्बन्धित वर्गहरूले त्यो राहात पाउँछन् भन्ने कुरामा निर्धक्क हुन सक्ने अवस्था भने छैन। त्यस्तै सामाजिक सञ्जाल र सुचनाको दायराभन्दा बाहिर रहेका अपाङ्गता भएका व्यक्तीहरू र फूर्ण, अति अशक्त अपाङ्गता भएका व्यक्तीहरूसम्म यो राहात पुग्ने कूरामा आशङ्का गर्ने धेरै ठाउँहरू छन्।
जोखिमका बिच पनि केही सङ्घसंस्थाहरू र मनकारी व्यक्तीहरूले केही अपाङ्गता भएका व्यक्तीहरू र पुनस्थापनागृहहरूलाई आवश्यक सहयोग गरीरहेको समाचार र जानकारीहरू सामाजिक सञ्जालमा देखिएका छन् जून खुसीको कुरा हो तर दुईचार जनाले राहात र सहयोग प्राप्त गर्दैमा सबै अपाङ्गता भएका व्यक्तीहरूले सहयोग प्राप्त गरे भनेर ढुक्क हुने स्थिति भने छैन। शहरी इलाकामा बस्ने अपाङ्गता भएका व्यक्तीहरूले ढिलोचाँडो राहात र थोरै मात्र भए पनी सुचना र जानकारी पाए पनी ग्रामीन दूर्दराजका गाउँहरूमा बस्ने, अशिक्षित, परिवारमा पूर्ण रूपमा आश्रीत, आफ्नो बास नभएका र पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तीहरू अझै पणि सुचनाको पहुँचभन्दा निकै टाढा छन्। उनीहरू राहात र सहयोगबाट वञ्चित हुने सङ्भावना धेरै हुन्छ।
तसर्थ सरकारी निकायलगायत यस क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरू, अन्य सामाजिक संस्थाहरू र सबै सचेत नागरिकहरूले अपाङ्गता बएका व्यक्तीहरूलाई पहिलो प्राथमिकता दिएर उनीहरूलाई जोखिमबाट सुरक्षित राख्न आआफ्नो क्षेत्रबाट सक्ने सहयोग गर्न नितान्त अपरिहार्य छ। उनीहरूलाई पहुँचयुक्त डङ्गले सुचना प्रवाह गरी सुरक्षित रहने उपायको बारेमा जानकारी दिएर र उणिहरूलाई आवश्यक पर्ने सबै सामग्रीहरू उपलब्ध गराउन सकेमा मात्र उनीहरू जोखिमबाट सुरक्षित रहन सक्दछन्। अन्तमा तिनै तहका सरकार नै आम नागरिकको अभिभावक भएको हुनाले दोहोर सङ्कटमा रहेका अपाङ्गता भएका व्यक्तीहरूलाई सुरक्षित राख्नु उसको पहिलो र प्रमुख जिम्मेवारी हुन जान्छ।