खुसीको खबर, अमेरिकामा मृतक संख्या आज स्वाट्टै घट्यो,पछिल्लो २४ घण्टाको अपडेट



१५ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५५ हजार ३ सय ९६ बढी  पुगेको छ । सदाको  तुलनामा आजको मृत्यु  निकै कम हो ।अस्ती १ हजार ८ सय ५१ जना बढीले ज्यान गुमाएका थिए, त्यस्तै हिजो १ हजार ८ सय ५१ बढीले ज्यान गुमाएका थिए ।

एकैदिन २६ हजार १ सय ६७ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ९ लाख ८६ हजार ८ सय १८ बढी पुगेको छ । संक्रमितमध्ये १५ हजार १ सय ४३ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख १८ हजार ७ सय ७७ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्