खुसीको खबर, कोरोना भाइरसको उद्गमस्थल ऊहानका सबै संक्रमित अस्पतालबाट डिस्चार्ज



१५ बैशाख २०७७, काठमाडौं

चीनको ऊहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । जुन शहरबाट फैलियो कोरोना, त्यहाँका सबै संक्रमित अस्पतालबाट डिस्चार्ज एका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेंगले ऊहानमा कोरोनाभाइरसद्वारा संक्रमित कोही पनि व्यक्ति अस्पतालमा नभएको जानकारी दिएका छन् । उनका अनुसार सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । ऊहान चीनको त्यहि शहर हो जहाँ कोरोना भाइरस संक्रमणको सुरुवात भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्