आफूलाई लागेको आरोपको खण्डन गर्दै कनिकाले लेखिन् लामो स्टाटस, यस्तो रहेछ वास्तविकता



१५ बैशाख २०७७, काठमाडौँ

बलिउड नायिका कनिका कपुर कोरोनालाई जितेर केहिसमय अघि घर फर्किएकी छिन् । अहिले उनी पूर्ण रुपमा स्वस्थ छिन् र परिवारसँग समय बिताइरहेकी छिन् ।

यस्तै उनी अस्पताल भर्ना हुनुअघि उनलाई कोरोना संक्रमित भएको जान्दा जान्दै विभिन्न पार्टीमा गएको भन्दै उजुरी परेको थियो ।

यत्तिका समयसम्म त कनिका चुप थिइन् । तर उनले अहिले भने आफ्नो इन्ष्टाग्राम मार्फत यसबारे केही बताएकी छिन् । उनले आफूलाई गलत आरोप लागेको पनि बताएकी छिन् ।

कनिकाले लेखेकी छिन्, ‘मलाई थाहा छ, मेरो बारेमा कैयन् कहानी बनाइएको छ, यसकारण पनि कि, म अहिलेसम्म चुप थिएँ,’ कनिकाले भनेकी छिन् ।

‘म यसकारण चुप थिइनँ कि, म गलत थिएँ, म त मान्छेलाई वास्तविकता आफै थाहा होस् भन्ने चाहन्थें,’ कनिकाले भनेकी छिन्, ‘मान्छेलाई गलत जानकारी दिइएको मलाई थाहा छ, म आफ्नो परिवार, साथीहरु र समर्थन गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु, यस्तो सयमा पनि जो मसँग रहे र मलाई बुझे ।’

कनिकाले अहिले आफू लखनउमा परिवारका साथ बसेको बताएकी छिन् । उनले मुम्बई या लखनउमा जोसँग सम्पर्कमा आएकी थिइन्, उनीहरुलाई कोरोना नभएको पुष्टि भएको पनि उल्लेख गरेकी छिन् ।

‘म १० मार्चमा लण्डनबाट भारत आएकी थिएँ, यहाँ आउनासाथ इन्टरनेशनल एअरपोर्टमा मेरो स्किृनिङ पनि गरियो, त्यो समय मलाई क्वारेन्टाइनमा बस्न सल्लाह पनि दिइएको थिएन,’ कनिका भन्छिन्, ‘मलाई लण्डनबाट फर्किएपछि कुनै समस्या थिएन्, त्यसैले मैले आफूलाई क्वारेन्टाइनमा राखिनँ ।’

प्रतिक्रिया दिनुहोस्