‘लकडाउनमा आफ्नो परिवारलाई नजिकबाट चिन्ने मौका पाएको छु’ : ऋचा शर्मा



१५ बैशाख २०७७, काठमाडौँ

नायिका ऋचा शर्मा यतिबेला लकडाउनका कारण परिवारसँग घरमा समय बिताइरहेकी छिन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय भैरहन्छिन् । यस्तै उनी केहीदिन अघि इन्ष्टाग्राममा लाइभ आएकी थिइन् ।

लाइभमा उनीसँग नायिका निशा अधिकारी पनि जोडिएकी थिइन् । कुराकानीको क्रममा ऋचाले निशासँग आफूलाई पनि सन्तानको रहर भएको बताएकी थिइन् । तर उनले अझै १ २ बर्ष भने आफ्नो श्रीमानसँग नै समय बिताउने बताएकी छिन् ।

हुन त उनलाई सन्तान जन्माउनको लागि परिवारबाट पनि दबाब छैन । त्यसकारण पनि उनी सन्तान जन्माउन हतार भने नगर्ने बताउँछिन् ।

विवाह लगत्तै परिवार, श्रीमानसंग समय विताउन नपाएकोमा ब्रेक कुरिरहेको समयमा आएको लकडाउनले उनलाई उनको श्रीमानको परिवारसंग नजिक बनाएको छ । परिवारलाई नजिकबाट चिन्ने मौका पाएको उनी बताउछिन् ।

साथै ऋचाले लाइभमा सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्