१५ बैशाख २०७७, काठमाडौँ
कोरोनाको कारण भारतमा पनि विगत एक महिनादेखि लकडाउन छ । जसका कारण सबैजना घरभित्रै नै छन् र परिवारसँग समय बिताइरहेका छन् । यस्तै बलिउड अभिेता इरफान खान लकडाउन अघि नै एक चलचित्रको छायांकनको लागि बाहिर गएका थिए ।
लकडाउनका कारण उनी आफ्नो देश फर्किन पाएनन् । अस्ति शनिबार मात्र उनकी आमाको निधन भयो । तर लकडाउनकै कारण उनी आफ्नी आमाको अन्तिम संस्कारमा पनि जान पाएनन् ।
९५ बर्षीय साईदाको राजस्थाको जयपुरमा स्थित आफ्नै निवासमा निधन भएको हो । इरफानले आमाको अन्तिम संस्कारमा जान नपाएकोमा दुख पोखेका छन् । लकडाउनका कारण नै इरफानको आमाको अन्तिम संस्कार परिवारबिच मात्र गरिएको कुरा भारतीय मिडियाले जनाएको छ ।