१६ बैशाख २०७७, काठमाडौँ
केहीदिन अघिमात्र कोरोनाबाट निको भएर घर फर्केकी नायिका कनिका कपुरमा अर्को समस्या आइपरेको छ । कोरोना लागेको जान्दा जान्दै लापरवाही गरेर उनी विभिन्न पार्टीमा गएको भन्दै उनी विरुद्ध उजुरी हालिएको थियो ।
उनलाई अरुको ज्यान जोखिममा हालेको आरोप पनि लागेको छ । कनिकाले कोरोना लागेको बेला भेटेका कुनैपनि मानिसमा कोरोना देखिएको छैन । तरपनि उजुरी परेकाले कनिका चौकीसम्म भने पुग्नुपर्ने छ ।
प्रहरीहरु पत्र लिएर कनिकाको घरमा नै आएका थिए । उनलाई अप्रिल ३० मा बिहान ११ बजे चौकीमा हाजिर हुन आदेश आएको छ । उनलाई सरोजनी नगर प्रहरी चौकीमा बोलाइएको हो ।