१६ बैशाख २०७७, काठमाडौँ
बलिउड अभिनेता कोरोनाबाट समस्यामा परेकाहरुलाई निरन्तर सहयोग गरिरहेका छन् । उनले केहीसमय अघि प्रधानमन्त्री राहत कोषमा २५ करोड दिएका थिए । यस्तै उनले पीपीई बनाउन पनि रकम सहयोग गरेका छन् ।
अहिले फेरि उनले अर्को ठूलो सहयोग गरेका छन् । अक्षयले कोरोना संक्रमण बढ्न नदिन निरन्तर खटिरहेका प्रहरीहरुको लागि २ करोड सहयोग गरेका छन् । २ करोड सानो रकम होइन ।
अक्षयलाई धन्यवाद दिदैँ मुम्बई प्रहरी फाउन्डेशनले ट्विटरमा लेखेको छ, ‘मुम्बई प्रहरी फाउन्डेशनको लागि २ करोड सहयोग गरेकोमा मुम्बई प्रहरी अभिनेता अक्षय कुमारलाई धन्यवाद व्यक्त गर्दछ । तपाईंको सहयोगले शहरको सुरक्षाका लागि खटिएका महिला तथा पुरुष सुरक्षाकर्मीको जीवन रक्षाका लागि निकै मद्दत पुग्नेछ ।’
उक्त ट्वीटको रिप्लाई गर्दै अक्षयले मुम्बई प्रहरीप्रति आफ्नो सदा सम्मान रहने बताएका छन् । अक्षयको यो सहयोगपछि उनका फ्यानहरु निकै नै खुसी भएका छन् र उनको तारिफ पनि गररहेका छन् ।