पहिलो चरणमा छुटेका ५ सय ७५ विपन्न परिवारलाई राहत वितरण



१६ बैशाख २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ भित्र पहिलो चरणमा छुटेका विपन्न परिवारलाई दोश्रो चरणको राहत वितरण सम्पन्न गरिएको छ ।

नेपाल बौद्ध महामहिम केन्द्र गुम्बाको सहयोगमा बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ भित्रका ५७५ परिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष राजु अधिकारीले परिवर्तन खबरलाई बताएका छन् ।

जसमा सोमबार ग्राम शिक्षा मावि स्कूल, अधिकारी मोड र सुर्योदय टोलमा गरी २२४ परिवारलाई वितरण थियो भने बाँकीलाई आज मंगलबार साम्तेन स्कूलबाट र दिक्षालय स्कूलबाट ३५१ जनालाई वितरण गरीएको वडा सदस्य भगवती निरौला जानकारी दिएकी छन् ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण आम जनता नेपाल सरकारको निर्देशित लकडाउनको पालना गरिरहेका छन् । बूढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीका अनुसार लकडाउनलाई मध्यनजर गर्दै वडा भित्र बसोवास गर्ने विपन्न तथा दैनिक ज्याला मजदुरी गरि जीवन विर्वाह गर्ने, असङ्गठित मजदुरी गरि भाडामा बस्ने, असक्त, अपाङ्ग, परिवारलाई राहत वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्