१६ बैशाख २०७७, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईको संयोजन र व्यवस्थापनमा वडा क्षेत्रभित्र बसोबास गर्ने १३ हजार ७५ जनालाई १० दिन भित्रमा खाना वितरण गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण नेपाल सरकारले लागु गरेको लकडाउन पालना गरेका विपन्न परिवारलाई मिलनचोक पार्टी भेन्युमा स्वयंसेवी रुपमा खाना बनाई स्थानीय समाजसेवी, नेकपा कार्यकर्ता तथा विभिन्न पार्टी सम्बन्ध व्यक्तिहरुले पटक–पटक गरी १३ हजार ७५ जनालाई खाना खुवाईएको नेकपा वडा नं १० अध्यक्ष जगत निरौंलाले परिवर्तन खबरलाई जाकानकारी गराए ।
वडा भित्र बसोवास गर्ने विपन्न, दैनिक ज्यालादारी मजदुर परिवार, असक्त, अपाङ्ग, विद्यार्थी लगायतलाई पकाएको खाना वितरण गरिएको अधियन्ता धु्रव भट्टराईले परिवर्तन खबरलाई बताए ।