लगातार २ दिन मृतकको संख्या घटेको अमेरिकामा आज फेरी ह्वात्तै बढ्यो मृत्यु ,पछिल्लो २४ घण्टाको अपडेट



१७ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५९ हजार २ सय २५ बढी  पुगेको छ । अस्ती  १ हजार १ सय ४० जना बढीले ज्यान गुमाएका थिए, त्यस्तै हिजो १ हजार २ सय ३६ जनाले बढीले ज्यान गुमाएका थिए । आजको  तुलनामा हिजो र अस्तीको मृत्यु  निकै कम हो ।

एकैदिन २४ हजार ८ सय ८४ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० लाख ३५ हजार २ सय ४० बढी पुगेको छ । संक्रमितमध्ये १५ हजार ६ सय ३५ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ४१ हजार ९ सय ७ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्