छिमेकी राष्ट्र भारतमा बढ्दै दैनिक मृत्यु, मृतकको संख्या हजार नाघ्यो, पछिल्लो २४ घण्टाको अपडेट



१७ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारत सार्क मुलुकमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा परेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ६९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको छ ।

एकैदिन १ हजार ९ सय ९ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३१ हजार ३ सय ६० पुगेको छ । त्यस्तै संक्रमितमध्ये ७ हजार ७ सय ४७ जना उपचारपछि निको भएका छन् भने २२ हजार ६ सय ५ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्