१७ बैशाख २०७७, काठमाडौँ
बलिउड अभिनेता इरफान खानको स्वास्थ्य निकै बिग्रिएको छ । स्वास्थ्य बिग्रिएकै कारण उनलाई मुम्बईको कोकिलाबेनमा आइसीयूमा भर्ना गरिएको छ ।
उनको स्वास्थ्यबारे अहिलेसम्म उनको परिवारलाई भने जानकारी दिइएको छैन । डाक्टरहरुले अहिलेसम्म उनलाई आइसीयूमा राखेको मात्र बताएका छन् । उनलाई के भएको भने बताएका छैनन् ।
इरफान खानका प्रवक्ताले एक बयान जारी गर्दै भने, ‘यो साँचो हो कि इरफान खान मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना छन् । उनलाई कोलन इन्फेक्सन भएको छ । हामी तपाईंहरु सबैलाई उनीबारे जानकारी दिइरहनेछौं । अहिले उनी डाक्टरको निगरानीमा छन् । उनको शक्ति र साहसले उनलाई हालसम्म यो रोगसँग लड्न सहयोग गरिरहेको छ ।
तर गोप्य स्रोतको जानकारी अनुसार भने उनको स्वास्थ्य धेरै नै बिग्रिएको छ ।