सिरियामा ट्यांकर बम विस्फोट : कम्तीमा ४० को ज्यान गयो



१७ वैशाख २०७७, काठमाडौं

सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा बम आक्रमण हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ ।

आफ्रिन शहरको व्यस्त क्षेत्रमा इन्धन आपूर्ति गर्ने ट्यांकरलाई विस्फोटक पदार्थ राखेर विस्फोट गराइएको टर्कीले बताएको छ । टर्कीसँग सीमा जोडिएको हाताय प्रान्तका गभर्नर तथा टर्कीका रक्षा मन्त्रीले कुर्दिस समूह वाइपिजीले बम आक्रमण गरेको आरोप लगाएका छन् ।

उक्त समूहको सम्बन्ध टर्कीमा सक्रिय रहेको कुर्दिस सैन्य समूहसँग रहेको उनीहरुको भनाई छ । आफ्रिन शहरमा टर्किस सेनाको नियन्त्रण रहेको छ ।

टर्की र सिरियाली सेनाले सन् २०१८ मा सो क्षेत्रबाट सिरियन कुर्दिश पिपुल्स प्रोटेक्सन युनिट (वाइपिजी)लाई सो क्षेत्रबाट हटाउनका लागि संयुक्त अभियान शुरु गरेका थिए ।

वाइपिजीलाई टर्कीले आतंकवादी समूहका रुपमा लिने गरेको छ । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्