‘चलचित्र विकास बोर्ड’ को नयाँ अध्यक्ष नियुक्तिका लागि आवेदन माग



१७ बैशाख २०७७, काठमाडौँ

केशव भट्टराईको निधनपछि चलचित्र विकास बोर्डको अध्यक्ष कोहीपनि बनेका छैनन् । यस्तै चलचित्र विकास बोर्डको नयाँ अध्यक्षको लागि माग गरिएको छ ।

आवेदन दिँदा बोर्डको वर्तमान अवस्था, सवल तथा कमजोर पक्ष र भावी रणनीतिहरु बुँदागत रुपमा पेश गर्न भनिएको छ । उम्मेदवारको व्यावसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा मूल्यांकन गरिने सुचनामा जनाईएको छ ।

केशव भट्टराईले अध्यक्ष हुदाँ चलचित्र क्षेत्रको धेरै कुरामा परिवर्तन ल्याएका थिए । उनको कामको सबैले प्रशंसा पनि गरेका थिए । उनले केही कामहरु गर्ने योजना बनाएका थिए ।

तर विडम्बना ती योजनाहरुलाई उनले सफल बनाउन सकेनन् । अब सबै चलचित्रकर्मीको इच्छा केशवले जस्तै चलचित्र विकास बोर्ड लाई राम्रोसँग चलाउने व्यक्ति नै नयाँ अध्यक्ष होस् भन्ने छ ।

प्रतिक्रिया दिनुहोस्