जन्मदिनमा पूजाले भनिन्, ‘मलाई कुनैपनि कुराको पश्चाताप छैन’



१७ बैशाख २०७७, काठमाडौँ

आज चर्चित नायिका पूजा शर्माको जन्मदिन हो । तर यसपटक उनले आफ्नो जन्मदिनको सदाको झैँ विशेष तरिकाले मनाउन भने पाइनन् । उनको हरेक बर्षको जन्मदिन उनका फ्यानले विशेष बनाउने गरेका थिए । तर यसपटक उनले लकडाउनका कारण फ्यानको सरप्राइज मिस गरिन् ।

यस्तै पूजाले पनि जन्मदिनमा आफ्ना फ्यानलाई निकै नै मिस गरिरहेको बताएकी छिन् । चलचित्र प्रेमगीत बाट चर्चामा आएकी पूजाले निकै मेहेनत गरेर आफ्नो यत्तिको नाम बनाएकी छिन् ।

उनलाई धेरैले छुच्ची, घमण्डी भएको बताउने गरेका छन् । तर पूजा भने जसले जे भनेपनि आफूलाई असर नगर्ने बताउँछिन् । उनी आफूलाई बनावटी हुन नआउने भएकाले आफ्नो स्वभाव जस्तो छ त्यस्तै रहने भएकाले पनि अरुलाई आफू छुच्ची लागेको हुनसक्ने बताउँछिन् ।

साथै पूजाले आफूलाई जीवनमा कुनैपनि कुराको पश्चाताप नभएको बताएकी छिन् । उनी भन्छिन्, ‘पश्चाताप लिनु रामो होइन । किनकी जुन समय बिताइएको छ त्यो समय हामीले निकै रमाइलोसँग बिताएका थियौ । पछि, त्यसलाई सम्झिएर पश्चातप गर्नुको औचित्य रहँदैन ।’

त्यस्तै पूजाले आफूलाई जन्मदिनको शुभकामना दिने सम्पूर्णलाई धन्यवाद पनि दिएकी छिन् र आफूलाई सधैँ यसरी नै माया र साथ दिन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्