
१८ वैशाख २०७७, काठमाडौं
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले आफूलाई राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्ने बताएका छन् ।
रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चीनले आफूलाई दोस्रो पटक अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको बताएका हुन् । उनले अहिले चीनले कोभिड १९ (कोरोना भाइरस) नियन्त्रणको लागि चालेको प्रयास यसको एक प्रमाण रहेको बताए ।
ट्रम्पले कोरोना भाइरसको विश्वव्यापी महामारीको लागि लगातार चीनलाई आरोप लगाउँदै आएका छन् । अमेरिकामा अहिलेसम्म यो महामारीको कारण ६० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।
त्यसका साथै अर्थतन्त्रमा पनि ठूलो गिरावट आएको छ भने बेरोजगारी पनि ऐतिहासिक रुपमा बढेको छ । एजेन्सीको सहयोगमा–
|फाइल तस्वीर|