गैरआवासीय नेपाली संघद्वारा सरकारलाई स्वास्थ्य सामग्री



१८ वैशाख २०७७, काठमाडौं

गैरआवासीय नेपाली संघले कोभिड १९ (कोरोना भाइरस)रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघ लक्षिण कोरीया, चीन, हङकङ र मकाउले बिहीबार (आज) स्वास्थ्य तथा जनसंख्या मान्त्रालयमा पुगेर स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले उक्त सामग्रीहरु स्वस्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उपलब्ध गराएका हुन् । एनआरएनए रुद्र शर्माका अनुसार दक्षिण कोरियामा रहेका नेपालीहरुले यस अघि पनि टेस्टिङ किट, पीपीइ लगायतका सामग्री उपलब्ध गराएको थियो ।

आज फेरि ३१० थान ज्वरो नाप्ने थर्मोमिटर, २ हजार थान फेस सिल्ड, एन९५ मास्क १ हजार थान, डिस्पोजेबल मास्क २० हजार थान, ह्याण्ड ग्लोब्स १ हजार थान, पीपीइ गाउन २ हजार थान उपलब्ध गराएको शर्माले बताए ।

यस्तै संघ चीनले ह्याण्ड ग्लोब्स ३० हजार थान, डिस्पोजेबल मास्क २० हजार थान एन९५ मास्क १ हजार ४ सय ५० थान उपलब्ध गराएको छ ।

|तस्वीरमा संघले दिएको सामाग्री।श्रोतः|

प्रतिक्रिया दिनुहोस्