‘कोभिड १९’ चिनियाँ प्रयोगशालाबाटै फैलिएको हो : ट्रम्प



१९ वैशाख २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीबार (हिजो) कोभिड १९ (कोरोना भाइरस) चीनको भाइरोलोजी प्रयोगशालाबाट फैलिएको भन्ने कुरामा आफू विश्वस्त भएको बताएका छन् ।

तर, उनले त्यसलाई पुष्टि गर्ने विस्तृत प्रमाणका बारेमा भने बताउन अस्वीकार गरे । उनको यो भनाइले बेइजिङसँग तनाव बढाउँदै लाने देखिएको छ । उनले कोरोना भाइरस वुहानको प्रयोगशालाबाट फैलिएको हो भन्ने प्रमाण आफूले हेरेको दावी गरेका छन् ।

“यो मसँग छ ।” ट्रम्पले भने, ‘मैले तपाईँहरुलाई भन्न मिल्दैन । मलाई त्यो भन्ने अनुमति छैन ।’ अमेरिकाले यस्तो आरोप लगाएको भएपनि चीन सरकारको नियन्त्रणमा रहेको वुहान इन्सिटियूट अफ भाइरोलोजीले भने शुरुदेखि आरोपको खण्डन गर्दै आइरहेको छ । एजेन्सीको सहयोगमा-

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्