१९ बैशाख २०७७, काठमाडौँ
ऋषि कपुर सधैँ अरुलाई खुसी बनाउने अभिनेता थिए । उनी साथमा हुदाँ सबैको ओठमा त्यसैपनि मुस्कान आउँथ्यो । त्यसैले होला आफ्नो अन्तिम साससम्म पनि उनले अरुलाई हसाइरहे ।
ऋषि कपुरको हिजो बिहान ८ बजेर ४५ मिनेट जादाँ निधन भयो । तर अन्तिम सासफेर्दा सम्म पनि उनले हस्पिटलका डाक्टर र स्वास्थ्यकर्मीलाई मनोरञ्जन दिइरहेको उनलाई राखिएको एचएन रियायन्स फाउण्डेसन हस्पिटलका डाक्टर र स्वास्थ्यकर्मीले बताएका छन् ।
उनलाई सास फेर्न गाह्रो भएपछि बुधबार हस्पिटलमा भर्ना गरिएको छ । बिहिबार बिहान ३ बजेदेखि उनले बोल्न छोडेका थिए । त्यसपछि ८ बजेर ४५ मिनेट जादाँ उनले अन्तिम सास फेरे । ऋषिले बलिउडमा अझ केहीबर्ष काम गर्ने केहीसमय अघि बताएका थिए ।
तर उनको त्यो इच्छा पुरा हुन सकेन । करिब २ बर्षदेखि रगतको क्यान्सरबाट ग्रसित ऋषिले १ बर्ष अमेरिकामा उपचार गराएका थिए । हस्पिटलले डिस्चार्ज गरिसकेपछि गत सेप्टेम्बरमा उनी भारत फर्किएका थिए ।