रुसी प्रधानमन्त्री मिसुस्टिनलाई कोरोना संक्रमण पुष्टि



१९ वैशाख २०७७, काठमाडौं

रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस पोजेटिभ आएपछि उनलाई अस्पतालमा राखिएको छ । रुसी सञ्चारमाध्यमका अनुसार उनले भिडिओ कलमार्फत् राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका छन् ।

पुटिनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका समाचार बीबीसीले सम्प्रेषण गरेको छ । पुटिनले मिसुस्टिनलाई भएको संक्रमण जो कोहीलाई पनि हुन सक्ने बताएका छन् ।

गत जनवरीमा मिसुस्टिनलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो । उनले कोरोना भाइरसको महामारी नियन्त्रणको लागि निकै सक्रियतापूर्वक काम गर्दै आएका थिए ।

राष्ट्रपति पुटिनले पनि उनले महामारी नियन्त्रणको लागि गरेको कामको तारिफ गरेका थिए । अहिलेसम्म रुसमा १ लाख ६ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ ।

साथै त्यहाँ १ हजार ७३ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्