१९ वैशाख २०७७, काठमाडौं
नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
उनीहरुबीच शुक्रबार (आज) प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो । भेटमा कोभिड १९ (कोरोना भाइरस) रोकथामका लागि भइरहेको प्रयासबारे कुराकानी भएको बताइएको छ ।
भेटमा प्रचण्डले चीनले गरेको सहयोगको धन्यवाद भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका थिए भने राजदूत यान्छीले नेपाललाई निरन्तर सहयोग गर्ने बताएकी थिइन् ।
यसअघि नेपालले चीनबाट जिटुजी प्रक्रियाबाट ३ सय ४१ टन औषधि ल्याउने सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।
|तस्वीरमा यान्छी र प्रचण्डबीचको भेट। श्रोतः पत्रकार किशोर श्रेष्ठको फेसबूक|