प्रचण्डलाई भेटेलगत्तै माधव नेपाललाई पनि भेटिन् चिनियाँ राजदूत यान्छीले



१९ वैशाख २०७७, काठमाडौं

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेलगत्तै वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि भेटेकी छन् ।

आज (शुक्रबार) बिहान प्रचण्डसँग उनकै निवास खुमलटारमा भेट गरेलगत्तै यान्छीले नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता माधव नेपाललाई पनि उनकै निवास कोटेश्वरमा भेट गरेकी हुन् ।
⇒ प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता
भेटमा दुई देशबीचको घनिष्ट सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । प्रचण्डसँग यान्छीले झण्डै १ घण्टा भेटवार्ता गरेकी थिइन् ।

भेटमा कोरोना रोकथामका बारेमा छलफल भएको बताइएको छ । यान्छीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी थिइन् । नेकपामा अन्तरविरोध चर्किएका बेला यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

|तस्वीर राजदूत र नेपालबीच भेट। श्रोतः|

प्रतिक्रिया दिनुहोस्