१९ वैशाख २०७७, काठमाडौं
सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अहिलेको अवस्थामा सरकार ढाल्ने खेल उचित नभएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उभिएर उनले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट जबरजस्ती हटाउन खोजिए पार्टी फुट्ने चेतावनीसमेत दिएका छन् ।
मुख्यमन्त्री गुरुङले एक टेलिभिजनसँगको कुराकानीमा माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउन नसकिने पनि बताएका छन् । विभिन्न कालखण्डमा टुटफुटको श्रृङ्खला व्यहोरेर आएका नेताहरु भएकाले त्यो दुर्घटना ननिम्त्याउन सबै नेताहरु जिम्मेवार हुनुपर्ने उनको भनाई थियो ।
प्रधानमन्त्रीबाट कमजोरी भएको भए सच्चाउन भन्नुको सट्टा पार्टीका नेताहरु गलहत्याउने खेलमा लागेको उनले गुनासो गरे ।
|फाइल तस्वीर|