तालिबान लडाकू र सुरक्षाबलबीच झपड : १८ जनाको ज्यान गयो



१९ वैशाख २०७७, काठमाडौं

अफगानिस्तानको पूर्वी प्रान्त लोगारको बराकी बराक जिल्लामा तालिबान लडाकू र सुरक्षाबलबीच भएको झपडमा परी १८ जनाको ज्यान गएको छ ।

झडपमा ज्यान गुमाएकाहरु ३ सैनिक र १५ तालिबानी लडाकू रहेका प्रान्तीय सरकारले शुक्रबार जारी गरको एक विज्ञप्तिमा उल्लेख छ । तालिबान लडाकू समूहले सुरक्षा चौकीमा आक्रमण गर्ने क्रममा उक्त झडप भएको बताइएको छ ।

झडपमा क्रममा १५ लडाकूको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका जनाइएको छ । यस झडपमा ३ सैनिकले ज्यान गुमाए भने, अन्य दुई जना घाइते भएका पनि जारी विज्ञप्तिमा जनाइएको छ ।

आफ्ना १५ लडाकू मारिएपछि लोगार प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।  एजेन्सीको सहयोगमा-

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्