१९ वैशाख २०७७, काठमाडौं
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपाल कोभिड १९ (कोरोना भाइरस)को उच्च जोखिममा नरहेको बताएका छन् ।
शुक्रबार (आज) राष्ट्रिय ससभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा उनले नेपालमा उपयुक्त समयमा बन्दाबन्दी (लकडाउन्)को विधि अपनाइएको र सर्वसाधारणले सामाजिक दूरी कायम राखेर सहयोग गरेकाले कोरोनाको जोखिम रोक्न सकेको बताएका हुन् ।
“लकडाउनको अवस्थामा कष्टपूर्ण भए पनि सबैले साथ दिनुभएकोले हाम्रो मुलुकमा जोखिमलाई न्यूनीकरण गर्नमा एक हदसम्म सफलता हात पारेका छौं ।” उनले भने, ‘तर, सफलताका बारेमा सबैका आफ्ना आफ्ना बुझाइ हुन सक्छन् ।’
मन्त्री ढकालले नेपालमा अपनाइएको सावधानीका कारण उच्च जोखिममा नरहेको पनि जिकिर गरे ।
|फाइल तस्वीर|