१९ वैशाख २०७७, काठमाडौं
२५ वैशाखदेखि सरकारले बन्दाबन्दी (लकडाउन्) खुकुलो बनाउने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार (आज) राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति बैठकमा दैनिक जीवनयापन सहज हुने गरी लकडाउन् खुकुलो बनाउने संकेत गरे ।
“दीर्घरोगी अस्पतालको सेवाबाट वञ्चित हुने, ‘लकडाउन्’का कारण घरमा बिरामी भए अस्पतालसम्म पुर्याउन नसकिने अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्सलाई एकीकृत बनाएर कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।” उनले भने ।
बन्दाबन्दी विगतको भन्दा नयाँ ढंगले जानुपर्ने भन्दै उनले अब सहजीकरण गर्दै जाने तयारी भइरहेको बताए । कृषि, उद्योगधन्दाहरु र अरु विभिन्न विषयमा अतिरिक्त महत्त्वपूर्ण कुराहरुका विषयमा विचार पुर्याउने पनि उनको भनाई थियो ।
देशमा कोभिड १९ (कोरोना भाइरस)को संक्रमण देखिएलगत्तै सरकारले गत वर्षको ११ चैत्रदेखि बन्दाबन्दीको घोषणा गरिएको थियो । तेश्रो पटक थपिएको समयावधि आगामी २५ गते सकिँदैछ ।
|तस्वीरमा बन्दाबन्दीमा काठमाडौं। परिवर्तन खबर|