१९ वैशाख २०७७, काठमाडौं
सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
शनिबार (भोलि) बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा दाहाल नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका बताइएको छ । भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावबारे छलफल हुने बताइएको छ ।
गत बुधबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।
|फाइल तस्वीर|