बिहार : १० वर्षीया बालिकामाथि सामूहिक बलात्कार



१९ वैशाख २०७७, काठमाडौं

भारतको बिहारस्थित वैशाली जिल्लामा शुक्रबार (आज) बिहान एक १० वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।

बालिकालाई चकलेटको प्रलोभन देखाएर चार जना पुरुषले मकैबारीमा लगेर सामूहिक बलात्कार गरेको अधिकारीहरुले बताए । गाउँका कृषकहरुले बेहोस अवस्थामा बालिकालाई भेटेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

“बालिका गम्भीर ट्रमामा छिन् । हामी उनको स्वास्थ्य सुधारको पर्खाईमा छौं ।” वैसालीका डीएसपी नुरुल हकले भनेका छन्, ‘त्यसपछि घटनाबारे बुझ्ने छौं ।’

बालिकाका आफन्तले चार जना पुरुषविरुद्ध जाहेरी दिएका छन् । ती सबै आरोपित फरार रहेको प्रहरीले बताएको छ । एजेन्सीको सहयोगमा

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्