साढे १० लाख कोरोना संक्रमितले लिए स्वास्थ्य लाभ



१९ वैशाख २०७७, काठमाडौं

विश्वव्यापी महमारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) झण्डै साढे १० लाख संक्रमितले स्वास्थ्य लाभ लिएका छन् ।

मृत्यु हुने र संक्रमित हुनेहरुको संख्या दिनदिनै बढिरहेका बेला उपचारपछि निको हुनेहरुको संख्या पनि झण्डै साढे १० लाख पुगेको हो ।

अहिलेसम्म १० लाख ४३ हजार ४८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । जम्मा संक्रमित ३३ लाख ९ हजार ४९ जनामध्ये २ लाख ३४ हजार भन्दा धेरैको भने मृत्यु भएको छ ।

अहिले २० लाख ३१ हजार भन्दा धेरै व्यक्तिहरुको उपचार भइरहेको छ । ती मध्ये झण्डै ५१ हजार मानिस गम्भीर छन् । हालसम्म कोरोना भाइरसविरुद्धको औषधि तथा खोप पत्ता लागेको छैन ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्