भारतमा ‘लकडाउन्’ दुई साता लम्ब्याइने



१९ वैशाख २०७७, काठमाडौं

छिमेकी मुलुक भारतमा ‘लकडाउन्’को समयावधि फेरि दुई साता लम्ब्याउने निर्णय गरिएको छ ।

भारत सरकारले यसअघि लागू गरेको ‘लकडाउन्’को समयावधि आगामी २१ वैशाखमा सकिँदै छ । यही बखत दुई साता लम्ब्याउने निर्णय भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।

‘लकडाउन्’बारे निर्णय लिन प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार (आज) उच्चस्तरीय बैठक बोलाएका थिए । करिब साढे २ घण्टा चलेको बैठकमा गृहमन्त्री अमित शाह, वित्तमन्त्री निर्मला सीतारमण, रेलमन्त्री पीयूष गोयललगायतका अधिकारी बैठकमा सहभागी थिए ।

आजसम्म त्यहाँ कोरोना संक्रमितको संख्या ३५ हजार ८९ पुगेको छ ।

|तस्वीरमा भारतको लकडाउन्। श्रोतः|

प्रतिक्रिया दिनुहोस्