२० बैशाख २०७७, काठमाडौँ
यतिबेला चलचित्र विकास बोर्ड को अध्यक्ष बन्नको लागि कलाकारको दौडधुप निकै देखिएको छ । धेरै कलाकारहरु लामो समयदेखि विकास बोर्डको अध्यक्ष बन्नको लागि तयारी गरिरहेका छन् ।
जसमध्येका एक भुवन केसी पनि हुन् । भुवन केसीले विकास बोर्डलाई आफूले राम्रोसँग सम्हाल्न सक्ने बताएका छन् । सबै कामहरु राम्रोसँग आफूले गर्न सक्ने भएकाले विकास बोर्डको अध्यक्ष बन्न चाहेको उनले बताएका छन् ।
भुवनले यसको लागि चलचित्रकर्मीको साथ मागिरहेका छन् । यस्तै, नायक शिव श्रेष्ठको नाम पनि बोर्ड अध्यक्षका लागि चर्चामा छ । निर्देशक दयाराम दाहाल त बोर्ड अध्यक्ष बन्नका लागि लामो समयदेखि नै दौडधुप मै छन् ।