२० वैशाख २०७७, काठमाडौं
नेकपा सचिवालयको बैठक शनिबार (आज) बस्दै छ ।
बैठक अपराह्न चार बजे बस्ने भनिएको छ । बैठक बस्नुअघि नेताहरु आन्तरिक छलफल तथा परामर्शमा व्यस्त छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान खुमलटार निवासमा पूर्वमाओवादीका केही नेताहरुसँग परामर्श गरेका बताइएको छ ।
अध्यादेश प्रकरणपछि नेकपाभित्र उत्पन्न विवादको समाधान खोज्न यो बैठक निर्णायक हुने अनुमान गरिएको छ । बैठकले सम्भवतः ‘बामदेव कार्ड‘ को छिनोफानोसमेत गर्ने छ ।
यसअघि गत बुधबार बसेको सचिवालय बैठकमा छलफल नसकिएपछि आज पुनः बस्ने निर्णय गरिएको थियो । बुधबारको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई भाबी प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए ।
|फाइल तस्वीर|